धनकुटा, २ कात्तिक । नेपाल संवत् ११३८ को अवसर पारेर आज धनकुटामा मोटरसाईकल र्याली गरिएको छ । नेवा पुचः धनकुटाको आयोजना तथा हुलाकटोल समाजको संयोजनमा मोटरसाईकल र्याली गरिएको हो ।
स्थानीय चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै कर्मीटारमा पुगेर समापन भएको हो ।
हुलाकटोल समाजका सचिव सुनिल डंगोलका अनुसार चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्याली परिचयमोड, जिरोपईन्ट, बसपार्क, सिरवानी, हुलाकटोल, बीचबजार, भीमनारायण चौक, देव्रेवास हुँदै कागते पुगेको थियो ।
त्यसपश्चात पुनः फर्किएर माथ्लो कोप्चे हुँदै कर्मीटारमा पुगेर समापन भएको हो ।
यसैवीच नेपाल संवत् कै अवसर पारेर भोली धनकुटा बजारमा नेवारी भेषभुषा र बाजागाजासहित र्याली प्रदर्शन गरिने नेवा पुचः धनकुटाले जनाएको छ ।