संगालोखबर


विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिका-७ खोटाङ बजार भँडारेका २५ वर्षीय तिलक परियारको भारतको हैदरावादमा सडक दुर्घटनामा परेर मृत्यु भएको छ । रोजगारीका लागि साथीहरूसँग हैदरावाद पुगेका उनको हप्तादिन नपुग्दै दुर्घटनामा मृत्यु भएको हो ।

होटलमा काम गर्ने भन्दै तिलक चैत २ गते हैदरावादतर्फ हिँडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलकलाई चैत ६ गते गाडीले ठक्कर दिएको थियो ।

Advertisement

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान मृत्यु भएको हैदरावादमा रहेका आफन्तले बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!