संगालोखबर
फाइल तस्बिर

विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित दमक एग्रिकल्चर फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचा र उर्लाबारी पछि दमकमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

फार्ममा अचानक कुखुरा मर्न थालेपछी नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं स्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । शनिबार प्राप्त भएको रिपोर्टले बर्डफ्लु  संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ ।

Advertisement

संक्रमण पुष्टि भएसँगै कोशी प्रदेश सरकारको ‘रेपिड रेस्पोन्स टिम’ आइतबार नै प्रभावित क्षेत्रमा खटिएको छ । प्राविधिक टोलीले फार्मको ‘चार किल्ला’ निर्धारण गरी नष्ट गर्नुपर्ने कुखुराको संख्या र जोखिमको क्षेत्रबारे लगत संकलन गरेको छ ।

संक्रमण थप फैलिन नदिन प्रभावित फार्मका कुखुरा नष्ट गर्ने तयारी भइरहेको भेटेरिनरी अस्पतालले जनाएको छ । दमकमा घातक संक्रमण देखिएकै समयमा झापा गाउँपालिका-७ स्थित सुदीक्षा कृषि फार्ममा पनि बर्डफ्लुको अर्कै प्रजाति फेला परेको छ । नेपालमा पहिलो पटक २०६५ माघमा झापाकै काँकडभिट्टाबाट बर्डफ्लु भित्रिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!