काठमाडाैं, ३० असोज । म्याग्दीमा केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ ।
भूकम्पमापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।