संगालोखबर
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरका छुट्टाछुट्टै स्थानमा प्राकृतिक विपत्तिमा परी दुई जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ र हावाहुरीका कारण रूख ढलेर ढुङ्गाले लाग्दा एक महिला र एक पुरुषको ज्यान गएको हो ।

षडानन्द नगरपालिका-९ भैंसेमा वर्षासँगै परेको चट्याङ लाग्दा २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी साल्पासिलिछो गाउँपालिका-५ सोहरा (पिछम्मा) क्षेत्रमा हावाहुरीका कारण रूख लडेर ढुङ्गाले किच्दा ३० वर्षीय आशिष तामाङको मृत्यु भएको छ । काठ काट्ने स्थानमा त्रिपाल टाँगी अस्थायी रूपमा बस्दै आएका उनलाई वर्षासँगै आएको हावाहुरीले करिब ६० मिटर माथिबाट रूख लडेर खसेको ढुङ्गाले लागेको थियो ।

मृतक आशिष भोजपुर नगरपालिका-९ देउरालीका बासिन्दा हुन् । ढुङ्गाले लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!