काठमाडौँ, २९ असोज । नेपाली काँग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आइतबार पार्टी एकीकरण हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आइतबार साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकीकरण सम्झाैतामा हस्ताक्षर हुने भएको हो।

गच्छदार २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसबाट छुट्टिएर मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका थिए। ०६६ सालबाट फोरम नेपालबाट अलग्गिएर नेपाल लोकतान्त्रिक फोरम गठन गरेका गच्छदार पुनः काँग्रेसमै फर्किन लागेका हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!