काठमाडौं, २९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारबारे एमालेमा विवाद देखिएको छ ।

Advertisement

निर्वाचन आयोगमा उम्मेदवारको सूची बुझाउने समय सकिन केही समय मात्रै बाँकी छँदासमेत उम्मेदवार छनोटले पूर्णता पाएको छैन । समानुपातिक सूची तयार गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी समितिको बैठक बसिरहेको छ ।

उम्मेदवार छनोटको जिम्मा पाएका एमाले नेताहरु महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेलले झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम पक्षका नेताहरुलाई बायस गरेको भन्दै स्थायी समिति बैठकमा विवाद भएको स्रोतले बताएको छ ।

नेकपा माओवादी केन्द्रसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको प्रक्रिया अघि बढिरहेकै सन्दर्भमा ओली पक्षका नेताले विवादित देखिएको ठाउँमा माओवादीलाई दिने भन्दै अर्को पक्षलाई ‘बायस’ गरेको स्रोतले बताएको छ ।

निर्वाचन आयोगको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अनुसार आइतबार बेलुका ५ बजेसम्मका लागि सूची बुझाउने समय तोकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!