काठमाडौं, २९ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ।

प्रतिनिधिसभाका उम्मेदवारले गोष्ठी र अन्तरक्रियामा ८ लाख रुपैयाँसहित २५ लाखसम्म खर्च गर्न पाउनेगरी खर्चको सीमा तोकिदिएको छ। जसमा मतदातना नामावली खरिदमा ३ हजार, सवारी साधनमा ५ लाख, सवारी सधान इन्धन र घोडा भएमा दाना समेत १ लाख, प्रचारप्रसार सामाग्री १ लाख, ढुवानी ७५ हजार, अन्य प्रचारप्रसार,छापा,विद्युतीय १ लाख, कार्यालय सञ्चालन ५ लाख, प्रतिनिधि परिचालन २ लाख र विविध शिर्षकमा १ लाख २२ हजार रुपैयाँ निर्वाचनमा खर्च गर्न पाउने छन्।

 त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवारले प्रतिनिधिसभाका उम्मेदवारले भन्दा १० लाख कम खर्च गर्न पाउने छन्। उनीहरुले १५ लाख रुर्पयाँसम्म निर्वाचनमा खर्च गर्न पाउने छन् ।

चुनावलाई भड्किलो हुन नदिने भन्दै आयोगले खर्च सीमा तोकेको हो।समानुपातिकतर्फ संघीय संसद्का उम्मेदवारले जनही २ लाख रुपैयाँसम्म र प्रदेशसभा समानुपातिक उम्मेदवारले जनही एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी आयोगले सीमा तोकिदिएको छ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!