काठमाडौं, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

Advertisement

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् ।

उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!