
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले भोजपुरबाट शेरधन राईको एकल नाम सिफारिस भएको छ ।
पुस २२ गते बसेको जिल्ला कमिटीको बैठकले एमाले सचिव राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
२०५६ को संसदीय चुनावमा २८ वर्षकै उमेरमा सांसद बनेका राईले भोजपुरबाट ३ पटक चुनाव जितिसकेका छन् । कोशीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राई सञ्चारमन्त्री समेत भइसकेका छन् ।

संगालोखबर 













