काठमाडौं, २७ असोज । महानगरीय प्रहरी वृत्त कमलपोखरीले विकि्रवितरणका लागि गोदाम गरी राखेको पटकासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका-५, हाँडिगाउँस्थित भारतीय नागरिक राजकिशोर यादवले सञ्चालन गरेको किराना पसलको गोदाममा-६ वटा बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरेर राखिएको बिभिन्न प्रकारका पटकाहरुसहित यादवलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।