संगालोखबर
फाइल तस्बिर

सर्लाही । सर्लाहीमा रेडक्रसको एम्बुलेन्समा गाँजा फेला परेको छ । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो ।

प्रहरीका अनुसार एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका-५ घुर्काैलीस्थित हिरालाल टोलबाट आज बिहान गाँजासहितको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

चालक रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!