
धनकुटा । धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः२५ बजे कोशी लोकमार्गमा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल दुर्घटना भएको हो ।
प्रहरीका अनुसार रामधुनी नगरपालिका-५ मा रहेको पिंक लोटस इंग्लिस स्कुलको बस शैक्षिक भ्रमण सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । बसमा ३६ जना विद्यार्थी, ३ जना शिक्षक र २ जना चालकदलका सदस्यससहित ४१ जना सवार थिए ।
जसमध्ये २९ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

संगालोखबर 













