
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन हजार दुई सय २० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













