
धनकुटा । राष्ट्रिय युवा सङ्घ धनकुटाका पूर्वअध्यक्ष प्रविण पोख्रेललाई नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर तोकिएको छ । नेकपा एमालेले निर्माण गरेको फोर्सका लागि पोखरेललाई धनकुटा कमान्डरको जिम्मेवारी प्रदान गरिएको हो ।
मुलुकमा अराजकता र अशान्ति बढ्दै गएको भन्दै एमालेले अराजक गतिविधि रोक्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि फोर्स निर्माण गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रिय कमान्ड घोषणासँगै सबै जिल्लामा कमान्डर तोकिएको छ । अब, धनकुटामा नेशनल भोलेन्टियर फोर्सको जिल्ला, पालिका र वडा-वडासम्म सङ्गठन विस्तार गरेर अराजक गतिविधि हुन नदिइने फोर्सका धनकुटा कमान्डर पोखरेलले जानकारी दिए ।
‘जेन्जी आन्दोलनपछि अहिले अराजकता बढेको छ, समाजमा अशान्ति फैलिएको छ, यसलाई रोक्न एमालेले नेशनल भोलेन्टियर फोर्स बनाएको हो,’ पोखरेलले भने, ‘अब वडा, पालिका र जिल्लामा फोर्स निर्माण गरेर अराजक गतिविधि रोक्ने काम गछौँ ।’

संगालोखबर 













