पसिनाले भिजाउँदा मरुभूमिमा फल फल्छ
शान्त शहर अहंकारको आगोले जल्छ
सत्ताको लोभमा माउ-बच्चाबीच द्वन्द्व हुँदा
एकतामा उभिएको सान क्षणभरमै ढल्छ
०००००
बुद्धसँग बन्दुक नसाट
सत्य बोल अझै नढाँट
देश बनाउन गएका हौ भने
कर्तव्य भुलेर भ्रामक भाषण नछाँट
००००
कथा भन्न खोजेको कहानी लुकेको छ
गीत गाउन खोजेको घाँटी सुकेको छ
विकास र निकास दिन नसक्ने सत्तारूढ जस्तो
कविता भन्न खोजेको शिर झुकेको छ

तिलक थापा
अरुण गाउँपालिका-७, भोजपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!