काठमाडौं,२६ असोज । बाम गठबन्धनमा रहेका राजनीतिक दलहरुवीच निर्वाचन क्षेत्र बाँडफाँडमा सकस परेपछि नेकपा एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ ।
एमालेले दिउँसो २ बजे बोलाएको स्थायी समिति बैठकमा गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाडमा अहिलेसम्म भएका  मागदावीका विषयमा थप छलफल गर्ने

Advertisement

बताइएको छ । एमालेले स्थायी समिति बैठक बोलाएपछि आजका लागि बोलाइएको गठबन्धनको बैठक नै स्थगित गरिएको छ ।

बुधबार बसेको कार्यदलको बैठकमा गठबन्धनबीच एक नम्बर प्रदेशमा कसले कति क्षेत्र लिनेदिने भन्नेमा सामान्य छलफल भएपनि टुङगो लागेको थिएन ।

‘आज कार्यदलको बैठक बसेर केही निश्कर्ष निकाल्ने तयारी थियो तर, आजै एमालेको स्थयी समिति बैठक भएकाले आजको बैठक स्थगित भएको छ ,अव कार्यदलको बैठक भोलिमात्र बस्छ’ कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

सदस्य पाण्डेले ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङगा, इलाम र खोटाङबाट प्रतिनिधिसभातर्फ कुन पार्टीले कति सिट पाउने भन्नेमा मोटामोटि सहमति भएपनि निश्कर्ष आइनसकेको बताए ।

उनले ती जिल्लामा कसले कति सिटबाट लड्ने निक्र्योल भइनसकेको पनि बताए । उनले झापा, मोरङ र सुनसरीका धेरै निर्वाचन क्षेत्र भएका जिल्लाका बारेमा छलफलको सुरुवात मात्रै भएको बताए ।

बाम गठबन्धनमा रहेका एमाले, माओवादी र नयाँ शक्तिबीच भागबण्डा मिलाउन नसक्दा तीनदिनभित्र टुङग्याउने भनेको सिट संख्या र क्षेत्र बाँडफाँड एक साता वित्दासमेत सहमति जुटेको छैन । एमाले माओवादीबीच ६०–४० को अंकगणितमा होलसेलमा सहमति गरेका दलहरुलाई पछिल्लो समय त्यसमै सहमति जुटाउन कठिन भएको छ ।

श्रोतका अनुसार गठबन्धनका दलहरुले आ–आफ्नो दावी प्रस्तुत गरेपनि उनिहरुले आफ्ना दावी बाहिर ल्याउन चाहेका छैनन । एमालेको आज बस्ने बैठकले आफुले न्युनतम कति सिट संख्या अरुलाई छोड्न सक्छ भन्ने निक्र्योल गरेपछिमात्रै ठोस सम्बादको पहल हुने बताइएको छ ।-रातोपाटी 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!