
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर तीन हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













