
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको पाँच सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













