
विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













