संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!