संगालोखबर


काठमाडौं । कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । गत जेठ १३ गतेदेखि २१ गतेसम्म भएको परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएका थिए ।

सहभागी भएका विद्यार्थीमध्ये ९ हजार ४५६ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!