काठमाडौं ,२५ असोज । नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखाको दुबै निर्वाचन क्षेत्र नछाड्ने अडान लिएको छ ।

Advertisement

भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ दुबै गोरखा २ बाट चुनाव लड्ने तयारीमा थिए । तर, एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि भट्टराई र श्रेष्ठमध्ये को भन्ने प्रश्न उठेको छ ।

माओवादी नेताहरुका अनुसार श्रेष्ठले योपटक आफू गोरखा २ बाट चुनाव लड्ने अडान लिएका छन् ।

त्यसपछि भट्टराईलाई गोरखा १ बाट उठाउने छलफल भयो । तर, माओवादी गोरखाका नेताहरुले यो क्षेत्र पनि भट्टराईलाई दिन नसक्ने अडान लिएका छन् ।

नयाँ संविधान जारी भएलगत्तै भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गरेका थिए । त्यसयता बढेको दुई स्थानीय तह चुनावमा उत्कृर्षमा पुगेको थियो । दुई दलले पालुङटारसहितका चुनावलाई प्रतिष्ठाको विषय बनाए र दुबै हारे ।

अब भट्टराईलाई कहाँबाट चुनाव लडाउने भन्ने अन्योल भएको नेताहरुले बताएका छन् । भट्टराई नेतृत्वको नयाँ शक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने प्रस्ताव गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!