
विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













