काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति भत्र्सना गरेका छन् ।

Advertisement

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको भएको बताएका छन् ।

साथै उनले यो घटनाले राज्य भित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गरेको जनाएका छन् । उनले उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ भनेका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।’ भनिएको छ ।

नेता विप्लवले यस्तै घटनाले देशमा संसदीय व्यवस्था असफल भएकाले सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक रहेको पनि बताएका छन् ।

नेकपा माओवादीले गौचन घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह पनि गरेको छ ।

विज्ञप्तिमा गौचनको हत्यालाई मुखौंटो बनाएर हालै एक दैनिकमा प्रकाशित क्यासिनोमा बम राखिदिएको भन्ने समचारको पनि खण्डन गरेका छन् ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!