काठमाडौं, २५ असोज । कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि लोकसेवा आयोगले राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव) पदमा भर्ना आह्वान गरेको छ ।
व्यवस्थापिका संसद बैठकबाट यही असोज २१ गते पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी विधेयक पारित गरेपछि आयोगले आज सो पदमा भर्ना आह्वान गरेको हो ।
आयोगले अप्राविधिक तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औं र नवौं तहका लागि आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको लागि विज्ञापन आह्वान गरेको हो ।
विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीमा गरिएको विज्ञापनको लिखित परीक्षा कार्यक्रम फरक फरक मितिमा राखिएको छ ।
विज्ञापनअनुसार सहसचिव ८० र उपसचिव २६९ जना माग गरिएको छ ।
विज्ञापन हेर्नुहोस्ः