मजार इ सरिफ,२४ असोज । अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए ।

Advertisement

‘हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रममा १८ विद्रोही मारिनुको साथै अन्य १२ जना घाइते भएका छन्,’उनले भने । हालसम्म प्रान्त जानकारीअनुसार यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत भएको छैन ।

तालिवानी आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । बाल्खमा पनि पछिल्ला केही दिनयता तालिबानका हिंसात्मक क्रियाकलाप बढेको भन्दै सुरक्षा बलले निगरानी राख्न थालेको छ ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!