
विराटनगर । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













