
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













