काठमाडौ,२४ असोज । निर्वाचन मिति सर्ने चर्चासँगै निर्वाचन आयोगले मुख खोलेको छ । आयोग प्रवक्ता नवराज ढकालले बजारमा आएका समचारहरुप्रति आयोगको समेत ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नभएको बताए ।

Advertisement

रातोपाटीसँग कुरा गर्दै प्रवक्ता ढकालले मंसिर १० र २१ का लागि आयोगले तयारी तीव्र पारिसकेकाले आयोगले मिति सर्ने कल्पना समेत गर्न नसक्ने बताए ।

‘सरकारले दलहरुको सहमतिमै मिति तोकेर त्यहि अनुसार आयोगले आफ्नो काम गरिरहेको र तयारीलाई अन्तिम अवस्थामा ल्याएका वेला त्यस्तो निर्णय नहोला भन्ने लाग्छ,’ प्रवक्ता ढकालले बताए ।

उनले सवै दलहरुसमेत तोकिएकै मितिमा चुनाव गर्न लागि परेको भन्दै आफुले त्यस्तो सम्भावना नदेखेको दोहोर्याए । भने ‘ यदि त्यस्तै हो भनेपनि सरकारले आयोगसँग एकपटक परामर्श गर्नुपर्ने हुन्छ ।त्यसकारण अहिल्यै यसमा टिप्पणी गर्नु अनुपयुक्त हुन्छ ।’

प्रवक्ता ढकालले कानुन त निर्वाचन मिति सरकारले नै तोक्ने वा परिवर्तन गर्नसक्ने भएपनि आयोगको समेत सल्लाहमा हुने गरेको प्रतिकृया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!