संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा भएको पिकअप दुर्घटनामा घाइते हुनेको संख्या १३ पुगेको छ । आज बिहान करिब १०ः३५ बजे को २ च २३०९ नम्बरको पिकअप दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

धनकुटा-८ का ४५ वर्षीया रेनुका राई, सोही स्थानका ९० वर्षीय हर्कलाल राई, वडा नम्बर ७ का ३८ वर्षीय जितबहादुर राई र सोही स्थानका ६२ वर्षीय गुणराज श्रेष्ठलाई थप उपचारका लागि धरान पठाइएको धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

Advertisement

उनका अनुसार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको पिकअप सडकबाट करिब ५ मिटर तल खसेको छ । पिकअपमा २१ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते हुने सबै जना धनकुटाकै स्थानीय रहेका प्रहरीले जनाएको छ ।

धरान पठाइएका घाइतेहरू
१. रेनुका राई
२. जितबहादुर राई
३. हर्कलाल राई
४. गुणराज श्रेष्ठ
जिल्ला अस्पताल उपचाररत घाइतेहरू
५. चतुरलाल डङ्गोल
६. रोनिता श्रेष्ठ
७. रिमा डङ्गोल
८. राजन राई
९. निशु लिम्बू
१०. राम श्रेष्ठ
११. मोहन डङ्गोल
१२. सविना डङ्गोल
१३. रिमा डङ्गोल

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!