
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













