संगालोखबर


विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँ कम हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!