
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













