काठमाडौं,२२ असोज । नेपाल प्रहरीको डीआईजी पदबाट नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ।

आफूलाई प्रहरी प्रमुख बनाउनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए।

उनले दिएको राजिनामा लामो समयसम्म स्वीकृत भएको थिएन। राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!