हाम्रो पात्रो
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । पढाइ लेखाइमा प्रगति
हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

Advertisement

प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रयासहरु सकारात्मक रहनेछन । ब्यापार ब्यबसायबाट प्रशस्त धन आर्जन गर्ने मौका छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रुहरु पराजित हुनेछन । व्यापार ब्यबसायबाट सामान्य फाइदाको योग रहेकोछ । अधिकारका लागि केही संघर्ष गर्नुपर्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

घरेलु काममा भने केहि समस्या आउने देखिन्छ । परिवारको साथ मिल्नेछ भने काममा सफलता पनि मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन । परिस्थितिले अरूको हातमा गइसकेको धनसमेत जोगाइदिनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । परिवारको सहयोगबाट लाभ उठाउन सकिनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धैर्यले काम लिनुपर्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सहयोगीहरूले साथ दिनेछन भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!