संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अडकिएर धनकुटाका एक वृद्धको मृत्यु भएको छ । सुँगुरको मासु खाने क्रममा मासुसँगै रहेको हड्डी अड्कँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो ।

घटना गत जेठ २१ गते रातीको हो । मासु खाँदा हड्डी अड्किएपछि लिम्बूलाई उपचारका लागि मोरङको वुढिगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा गएराती करिब १०ः२५ बजे उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘अड्किएको हड्डी त डाक्टरहरूले निकाल्नु भएछ,’ डीएसपी खनालले संगालोखबरसँग भने, ‘तर वृद्ध मान्छेको घाँटीमा असर परेर उपचारकै क्रममा मृत्यु भएछ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!