
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार मंगलबार प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँले महँगो हो ।

संगालोखबर 













