वि.सं. २०७४ साल असोज १८ गते। बुधबार। इश्वी सन् २०१७ अक्टोबर ४ तारिख। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:५३ बजेउप्रान्त पूर्णिमा। 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मिहिनेत परे पनि श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, कर्जामार्फत धन प्राप्त हुनेछ। लाभांश थोरै मात्र प्राप्त भए पनि ऋणमोचन हुने सम्भावना छ। परिस्थितिवश अर्थ संग्रहमा बाधा पुग्नेछ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। साँझदेखि आम्दानीमा कमी आउनाले सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मौका आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। आम्दानीका नयाँ स्रोत पनि फेला पार्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अवसरका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, साँझदेखि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। साँझदेखि सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने चिताएको काम सम्पादन गर्न नसकिएला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। नयाँ कामलाई केही समय प्रतीक्षा गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन् भने योजना कार्यान्वयनमा ल्याउन सफल भइनेछ। साँझदेखि ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। प्रतिस्पर्धीले काममा बाधा पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। वैधानिक प्रावधानले पनि आँटेको काममा बाधा हुन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। आफन्तबीच असमझदारी बढे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित काम प्रारम्भ हुनाले दिन उत्साहपूर्ण रहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। साँझदेखि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढिएका आफन्तहरू नजिकिनेछन्। पहिले दिएको वचन पूरा नभए पनि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिहिनेत गर्दा भूमि तथा मातृधनबाट लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ। साँझदेखि विशेष काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। दाजुभाइका तर्फबाट अपेक्षित फाइदा प्राप्त नहुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउला। हिम्मतले काम बनाउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। साँझदेखि वादविवादमा परिने सम्भावना छ, सजग रहनुहाेला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर, आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। साँझदेखि अार्थिक स्थतिमा सुधार आउनेछ। तर, अागन्तुकले अलमल्याउने हुँदा चिताएकाे काम राेकिन सक्छ। अरूकाे जिमेवारी वहन गर्नुपर्ला। मिहिनेतले काम बन्नेछ। (नेपाली पात्रो)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!