संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको थियो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!