न्यूयोर्क, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

Advertisement

संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ । तर, अहिले त्यो सीमा भन्दा कम नै मन्त्री बनाएको छु ।’

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा जम्बो मन्त्रिमण्डलबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, संख्या होइन, कामलाई हेर्न आवश्यक छ ।’

देउवा सरकार ५६ सदस्यीय छ । जम्मा मन्त्रीमण्डल भएको भन्दै आलोचना भइरहेका बेला उनले न्यूयोर्क जानु अघि दुई राज्यमन्त्री थपेका थिए ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले भारत र चीन दुबैसँग राम्रो सम्वन्ध राख्नु नेपालको राष्ट्रिय स्वार्थ भएको बताएका छन् । साथै दुबै छिमेकी देशले नेपालको संवेदनशीलता बुझेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!