
विराटनगर । विराट गाेल्डकपकाे पहिलाे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा त्रिभुवन आर्मी क्लबले एक गाेल गरेकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी क्वाटरफाइनल खेलमा आर्मीका निरज चाैधरीले एक गाेल गरेका हुन् ।
पहिलाे क्वाटरफाइनलमा घरेलु टाेली माेरङ र आर्मीबीच खेल भइरहेकाे छ । माेरङ उद्घाटन खेलमा भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे भने आर्मीकाे याे पहिलाे खेल हाे ।















