ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।

वृष– मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन ।

Advertisement

मिथुन– समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।

कर्कट– सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ ।

सिंह– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ ।

कन्या– काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

तुला– सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ ।

वृश्चिक– शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ ।

धनु– मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ  ।

मकर– अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ ।

कुम्भ– व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ ।

मीन– बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!