काठमाडौं, १ अशोज । प्रदेश २ को भोलि हुने स्थानीय चुनावमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ ।

Advertisement

आयोगका अनुसार नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइनेछ ।

साथै जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइनेछ ।

तर, यसका लागि फोटो सहितको मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिइएको आयोगले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!