काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Advertisement

चिलिमे कम्पनीले १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४५.५ मेगावाटको सञ्जेन र १ सय ११ मगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसमा कम्पनीका साथै विद्युत प्राधिकरण, रसुवाबासी र सर्वसाधारणको सेयर लगानी छ ।

प्राधिकरण प्रमुख घिसिङल निर्माणस्थलमै पुगेर प्रगतिबारे जानकारी लिएका छन् । भूकम्पका काररण केही समय रोकिएको आयोजनमा अहिले तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुखहरुले बताएका छन् ।

साथै सिमेन्ट आपूर्तिमा ठेकेदारहरुलाई समस्या भएकाले समाधानका लागि घिसिङलाई आग्रह गरे । भारतीय सिमेन्टको प्रयोग हुने गरेकोमा पछिल्लो समयमा आपूर्तिमा समस्या आएको उनीहरुको गुनासो थियो ।

घिसिङले समस्या समाधानका लागि अर्थ, ऊर्जार उद्योग मन्त्रालयसँग समन्वय गर्ने आश्वासन पनि दिए ।चिलिमेले माथिल्लो साञ्जेन सन् २०१८को डिसेम्बरसम्म सक्ने लक्षको साथ काम गरिरहेको छ ।

सञ्जेन र रसुवागढी आयोजनाबाट पनि सन् २०१९ को डिसेम्बरसम्म विजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ ।आयोजनाहरुमा सुरुङ, बाँधस्थल र पावरहाउस निर्माणको काम भइरहेको छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!