काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा सम्पन्न हुन लागेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि सुरक्षा ब्यवस्था बलियो बनाएको बताएका छन् ।

Advertisement

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावलाई व्यवस्थित बनाउन सुरक्षा निकायको चार घेरा तयार गरिएको जानकारी दिए ।

 उनले नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोश्रो घेरा, नेपाली सेनाको तेश्रो घेरा र राष्ट्रिय अनुसन्धान विभागको चौथो घेराको रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै आवश्यक ठाँउमा आवश्यक सुरक्षा फौज राखिएको जानकारी दिए ।

मन्त्री शर्माले भने– सुरक्षाको मुल आधार भनेका जनता हुन् । जनता मतदानका लागि तयार छन्, सबै राजनीतिक दलहरुले चुनावमा भाग लिएका छन् । जनताको यही आतुरता नै सुरक्षाको आधार हो । सुरक्षालाई सहजीकरण गर्न र थप समस्या आँउन नदिन गृह मन्त्रालयले केन्द्रीय सुरक्षा योजना निर्माण सबै जिल्लाको सुझाव अनुसार परिमार्जन गरेर सुरक्षा ब्यवस्था मिलाएको छ ।’

उनले मतदान शान्तिपूर्ण निष्पक्ष र भब्य रुपमा सम्पन्न हुन लागेको बताउदै उनले तेश्रो चरणको यो निर्वाचनले संविधान कार्यान्वयनको जगलाई अझै बलियो बनाउने विश्वास ब्यक्त गरे । जिल्लामा खटिएका जवान, अधिकृतहरुले दिएको  अहिलेसम्मको रिर्पोटका आधारमा पूर्ण शान्ति सुरक्षा हुनेमा गृह मन्त्रालय विस्वस्त रहेको उनको भनाई छ ।

यो निर्वाचनको सफलता प्रदेश र संघीय संसदको निर्वाचनमा पनि जोडिएको बताउँदै उनले यसबाट अर्को चुनावको तयारी पनि सहज हुने बताए । उनले भने–‘यो चुनावको सफलताले आगामी चुनाव सफल बनाउने संकेत गर्छ । चुनाव सफल बनाँउन मतदाता र राजनीतिक दलहरुको ठूलो भूमिका रहेको छ ।’

पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले सरकारले आचार संहचिता पालना गरेको बताउदै केही ब्यक्ति बिशेषले गरेको भए आयोगले अनुगमन गरिरहेको बताए ।

रोहिंजा शरणार्थी रोक्ने काम भइरहेको छ
यसैबीच मन्त्री शर्माले म्यानमारबाट भागेर आएर रोहिन्जा शरणार्थीलाई रोक्ने काम भइरहेको जानकारी दिएका छन् । यसका लागि गृह प्रशासनले योजना बनाइरहेको जानकारी दिए ।

उनले काठमाडौंमा निजी ब्यक्तिको जग्गा भाडामा लिएर पहिलादेखि बसेका शरणार्थी बारे उनीहरु कसरी आए र त्यसको ब्यवस्थापन कसरी गर्ने भन्नेबारेमा अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने–‘अरु आउन नदिन र आएकालाई पनि पठाउने ब्यवस्थापन गर्नेबारे अध्ययन गर्न जिम्मा दिएका छौँ । सीमानामा रोक्न पनि जिम्मेवारी दिइसकेको छ ।’ -राताेपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!