संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजे ठोक्किएका हुन् ।

Advertisement

दुर्घटनामा परी घाइते भएकाहरूको विराटनगरस्थित नोबेल अस्पताल, न्यूरो अस्पताल तथा सामुदायिक अस्पताल इटहरीमा उपचार भइरहेको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए ।

घटनापछि २६२८ नम्बरको बसका चालक झापाको भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रेवती श्रेष्ठ फरार भएका छन् ।

प्रहरीले उनको खोजी गरिरहेको छ । अर्को बसका चालक भने घाइते छन् ।

घाइतेहरूको नामावलीः
१. ७२१६ नम्बरको बसका चालक झापा कन्काई– १ का ३२ वर्षीय प्रकाश दर्जी
२. सुनसरीको इटहरी-३ की ७८ वर्षीया गंगामाया घतानी
३. मोरङको सुन्दरहरैचा-७ की ५८ वर्षीया धनकुमारी तिम्सिना
४. अन्जना कार्की
५. जीवनकुमारी राई
६. कुलप्रसाद तिम्सिना
७. मोरङको बेलबारी-१ की २२ वर्षीया रीतिका मगर
८. सोही स्थानकी २८ वर्षीया करुणा चौहान
९. सपना राई
१०. बेलबारी-१ की २४ वर्षीया पवित्रा खड्का
११. मन्जना मण्डल
१२. रञ्जन मण्डल
१३. मोरङको उर्लाबारी-६ की ३६ वर्षीया कल्पना बस्नेत
१४. मोरङको रतुवामाई-५ की ७० वर्षीया गोमादेवी अधिकारी
१५. झुमा गुरुङ
१६. जुना गुरुङ
१७. रिसा लाखे
१८. रिया भण्डारी
१९. सुनसरीको इटहरी-२ की ३८ वर्षीया सिता बिक
२०. नैनकला लिम्बू
२१. मोरङको बेलबारी-१ का ३४ वर्षीय कुमार खड्का
२२. सुनसरीको इटहरी-२ की ३८ वर्षीया पार्वती खड्का
२३. सुनसरीको इटहरी-१ की ३३ वर्षीया चन्द्रकुमारी राई
२४. मोरङको उर्लाबारी-३ की ६५ वर्षीया चन्द्रावती बराल
२५. मोरङ उर्लाबारी-२ का ७० वर्षीय अमृत बराल
२६. सुनसरीको धरान-१६ की ३८ वर्षीया सर्मिला राई
२७. झापाको भद्रपुर-६ का ५३ वर्षीय दिवा मगर
२८. झापाको भद्रपुर-६ का ६५ वर्षीय इन्द्रबहादुर मगर
२९. सुनसरीको धरान-१६ की ४२ वर्षीया गोमा खड्का
३०. मोरङको रंगेली-८ की ३० वर्षीया दिपा साह

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!