बा घरको मूल पिल्लर हौँ तिमी
समस्याहरूको समाधान गर्न सक्ने
जडी हौँ तिमी,
बाबु  ताते-ताते भन्दै अगाडि लाग्ने मेरो लागि
मूल नेतृत्व हौँ बा तिमी ।

बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै
मुमाले खुवाउन नसकेको चारो सजिलै खुवाउन
सक्ने बहुमुखी प्रतिभाशाली  मुखिया हौँ बा मेराे लागि तिमी   ।

जीवनका कखरा पढाउने  देखि हिँड्न , भिड्न समेत सिकाउने महान् गुरु हाै बा तिमी ,
हाँस्न , हसाउँन, फकाउन जादु बोकेका महान्
कलाकार हौँ मेराे लागि बा तिमी ।

जीवनका कठिन मोडहरू, घुम्तीहरू वारपार
गर्न याे धर्तीमा सजिलै यात्रा अगाडि बढाउने
मेराे लागि सहपाठी हौँ बा तिमी,

मेरा लागि  नमेटिने इतिहास हौँ बा तिमी
त्यसैले मेराे तर्फबाट तिमीलाई सदा सदा नमन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!