सल्यान । शंकर के सी,सल्यान–सल्यानको बन्गाड कुपिण्डे नगरपालीकाले स्थानीय तहका कर्मचारीको ५० प्रतिशत भत्ता वृद्धि गरेपछि अन्य कर्मचारी आन्दोलित वनेका छन् ।

बन्गाड कुपिण्डे नगरपालीकाको भदौ १८ गते वसेको वैठकले नगर कर्माचारी र वडास्तरमा काम गर्ने कार्यलय सहयोगी, कार्यालय सहयाक र वडा सचिवको ५० प्रतिशत मासिक भत्ता वृद्धि गरेको थियो ।

पछिल्लो निर्णयले नगरपालीकाका  शिक्षक, कर्माचारी, हुलाक, स्वास्थ्य, कृषि, पशु लगायतका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरु मर्कामा परेको भन्दै आन्दोलित बनेका हुन् ।

भत्ता वृद्धिपछि स्थानीय निकायमा काम गर्ने कार्यालय सहयोगी र विद्यालयका प्रधानाध्यापक र अन्य कार्यालय प्रमुखको पारीश्रमिक बराबर भएको छ ।

एकिकृत नेपाल शिक्षक संघका नगर संयोजक गणेश चन्दले राज्यले जहिलेसुकै शिक्षक माथि भेदभावपुर्ण व्यवहार गरेको आरोप लगाए ।

अरु नागरिकका सुविधाप्रति नगरपालिका गैरजिम्मेवार वनेको, पछि परेको नगरपालिकाको विकास गरि नागरीकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम ल्याउनुको साटो कर्मचारीमुखि सेवा सुविधाप्रति लागेको भन्दै वन्गाडमा क्रियाशिल राजनैतिक दलहरुले पनि विरोध जनाएका छन् ।

यता भत्ता वृद्धि गरिएको स्वीकार गर्दै बन्गाड कुपिण्डे नगरपालिकाले कर्मचारी कार्यलय आउन नमानेकाले उनीहरुलाइ आकर्षण गर्न भत्ता वृद्धि गरेको दावी गरेको छ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!