बर्लिन । जर्मनीको एयर बर्लिनका २५०  चालकहरूले एकैसाथ  बिरामी परेको भन्दै  बिदा लिए पछि उक्त कम्पनीको उडान प्रभावित भएको छ।

कर्मचारीहरू बिदा बसेपछि उक्त कम्पनीका कम्तीमा १०० उडानहरू प्रभावित भएका छन् । अत्यन्तै छोटो समयको जानकारी पश्चात् चालकहरू बिदा बस्न थाले पश्चात् बर्लिनको विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन्।

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले विमान कम्पनीको आर्थिक अवस्था कमजोर भइरहेको समयमा चालकहरू एकैसाथ बिदा बस्दा यसले थप आर्थिक समस्या थपिएको र जसका कारण विमान कम्पनीको प्रतिष्ठामा समेत गिरावट आउन सक्ने बताए।

विमान कम्पनी घाटामा गएको र चालकहरूले पारिश्रमिक समेत नपाएका कारण चालकहरू बिना जानकारी बिदामा बसेका हुन्।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!